नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोरोनाभाइरसको सङ्क्रमण बढिरहेको भन्दै पार्टीपङ्क्तिलाई परिचालित हुन निर्देशन दिएका छन् । आइतबारको महाधिवेशन आयोजक समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका ओलीले स्थानीय सरकारी संयन्त्रसँग सहकार्य गर्दै कोरोना रोकथाम र नियन्त्रणका कार्यमा एकजुट भएर खटिन पार्टीपङ्क्तिलाई निर्देशन दिएका हुन् । बैठकपछि पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले कोरोना रोकथाम र नियन्त्रणका लागि खटिन सम्पूर्ण पार्टीपङ्क्तिलाई निर्देशन दिएको जानकारी दिए । बैठकमा ओलीले कोरोनाले