काठमाडौंः नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी अस्वस्थ भएका छन्। ब्लड प्रेसर र हार्ट बिटमा समस्या देखिएपछि गएरातिदेखि केसीलाई ह्याम्स अस्पतालमा राखिएको छ।
चिकित्सकको सल्लाह अनुसार केसीको आइसियूमा राखेर उपचार भइरहेको पारिवारिक स्रोतले जानकारी दियो।