तनहुँ – नाबालिगलाई जबरजस्ती करणीको अभियोगमा तनहुँ प्रहरीको थुनामा रहेका अभिनेता पल शाहविरुद्ध सरकारी वकिलको कार्यालयले आज मङ्गलवार जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन हिजो सोमवार सरकारी वकिलको कार्यालयलाई बुझाएको थियो । जिल्ला न्यायाधिवक्ता रामचन्द्र शर्माले शाहविरुद्ध कैद सजाय मागसहित मुद्दा दर्ता गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार शाहविरुद्ध १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको छ । ‘पीडित १६ वर्ष कम भएका कारण शाहविरुद्ध १०...