काठमाडौं : बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले सोमबार काठमाडौं जिल्ला अदालतमा अभियोगपत्र दर्ता गरेको हो। उनीविरुद्ध जर्वजस्ती करणी मुद्दामा १० देखि १२ वर्षसम्म कैद सजाय माग गरिएको सरकारी वकिल कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणी नेउपानेले जानकारी दिए।‘प्रहरीको प्रतिवेदन बमोजिमकै सजाय मागदाबी गरेर हामीले आज अभियोगपत्र दर्ता गराएका छौं’,उनले थाहाखबरसँग भने,