नाटकीय रूपमा राजनीतिमा उलटफेर भएपछि आइतबार अपराह्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेपालको ४४औँ प्रधानमन्त्रीमा नियुक्त हुनुभयो । नवनियुक्त प्रधानमन्त्री दाहालको आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको थियो । यसअघि दुईपटक प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका माओवादी अध्यक्ष दाहाललाई यसपटक तेस्रोपटक प्रधानमन्त्री हुने राजनीतिक …