श्रीलंका संकट : प्रदर्शनकारीले कब्जामा लिए राष्ट्रपति निवास

करिब दिउँसो १ बजेतिर प्रदर्शनकारी राष्ट्रपतिको सरकारी निवास परिसरमा देखिए । केहीबेरमै ठूलो भीड जम्मा भयो । केही प्रदर्शनकारी मेन गेटमा चढेर परिसरमा घुसे । प्रदर्शनकारीलाई रोक्न सुरक्षाबलले अश्रुग्याँस, पानीको फोहोराका साथै गोलीसमेत हानेको थियो । तर सुरक्षा बलको घेरा तोड्दै प्रदर्शनकारीले राष्ट्रपति भवन कब्जा गरेका छन् ।

सम्बन्धित सामग्री

श्रीलंका संकट : शान्ति कायम गर्न सेना प्रमुखले खोजे जनताको समर्थन

अभूतपूर्व आर्थिक संकट सामना गरेको श्रीलंकाका सेना प्रमुख जनरल सभेन्द्र सिल्भाले आइतबार शान्ति कायम गर्न जनताको समर्थन खोजेका छन् । जनरल शभेन्द्र सिल्वाले आज एक विज्ञप्ति जारी गर्दै वर्तमान संकटलाई शान्तिपूर्ण ढंगले समाधान गर्ने अवसर आएको बताए ।उनले श्रीलंकालीहरूलाई देशमा शान्ति कायम गर्न सशस्त्र बल र प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।  शनिबार राष्ट्रपति गोटाबाय राजापाक्षेको राजीनामा माग गर्दै प्रदर्शनकारीको ठूलो समूह राष्ट्रपति निवास प्रवेश गरेको थियो । प्रदर्शनकारी प्रवेश गर्न थालेपछि राष्ट्

श्रीलंका संकट : प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने

काठमाडौं । आर्थिक संकटबीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ । यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी […]

श्रीलंका संकट : राष्ट्रपति निवास प्रदर्शनकारीको कब्जामा

एजेन्सी । श्रीलंकाका राष्ट्रपति गोताबाया राजापाक्षेको निवास प्रदर्शनकाहरूरीले कब्जामा लिएका छन् । शनिबार हजारौँको सहभागीमा आएका प्रदर्शनकारीहरूले राजधानी कोलम्बोस्थित राष्ट्रपतिको निवासलाई कब्जामा लिएका हुन् । राष्ट्रपति राजापाक्षेलाई भने सुरक्षित स्थानमा लगिएको छ । प्रदर्शनकारीलाई तितरबितर पार्न प्रहरीले हवाइ फायर पनि गरेको थियो । उनीहरू राष्ट्रपति निवासतर्फ बढेको बीबीसीले जनाएको छ ।  प्रदर्शनकारीहरू राष्ट्रपति निवासभित्र पौडी खेलिरहेको तथा सोफामा...

श्रीलंका संकट : प्रदर्शनकारी निवासमा छिरेपछि भागे राष्ट्रपति

आर्थिक संकटमा फसेको श्रीलंकामा प्रदर्शनकारीहरू राष्ट्रपति निवास छिरेका छन्। बिबिसीले उल्लेख गरे अनुसार राजधानी कोलम्बोमा सरकार विरोधी प्रदर्शनमा उत्रिएका प्रदर्शनकारी राष्ट्रपति गोटबाया राजपाक्षेको सरकारी निवासमा प्रवेश गरेका हुन्। प्रदर्शनकारी प्रवेश गरेपछि राष्ट्रपति राजपाक्षे भागेर सुरक्षित ठाउँमा गएको बिबिसीले उल्लेख गरेको छ। उनी कहाँ छन् भन्नेबारे जानकारी दिइएको छैन। श्रीलंकामा बढ्दो मूल्यवृद्धि र अत्यावश्यक सामग्रीको अभाव चर्किएसँगै लामो समयदेखि विरोध प्रदर्शन भइरहेको छ