श्रीलंकाका राष्ट्रपति राजापाक्षे देश छाडेर भागे

२९ असार, काठमाडौं । श्रीलंकाका राष्ट्रपति गोटाबाया राजपाक्षे देश छाडेर भागेका छन् । प्रदर्शनकारीले राष्ट्रपति निवास कब्जा गरेपछि राष्ट्रपति राजपक्षे केही दिनदेखि देश छाडेर भाग्न प्रयासरत थिए । देश छाड्ने प्रयास असफल भएपछि उनी सैन्य शिविरमा बस्दै आएका थिए । रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले राष्ट्रपति राजपाक्षेले देश छाडेको खबर लेखेको छ । […]

सम्बन्धित सामग्री

स्वदेश फर्किदै गोटाबाया राजापाक्षे

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको  श्रीलंकाका  सञ्चार माध्यमहरुले जनाएका छन् । टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोह भएपछि देश छोडेर भागेका राजापाक्षे शनिबार स्वदेश फर्किन सक्ने डेली मिररले जनाएको छ । कोलम्बोको राष्ट्रपति भवन र राजधानीका अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए । श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स गएका पूर्व

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान

कोलम्बो । श्रीलङ्कामा चर्को विरोध प्रदर्शनपछि माल्दिभ्सको राजधानी माले पुगेका निवर्तमान राष्ट्रपति गोटाबाया राजापाक्षे आज सिङ्गापुर प्रस्थान गरेका छन् । राजपक्षेले माल्दिभ्स छाडेर निजी जेटमा सिङ्गापुर जाँदै गरेको डेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ। यसअघि, एक निजी जेट माल्दिभ्सबाट सिङ्गापुर प्रस्थान गर्न मालेमा अवतरण भएको पनि डेली मिररले बताएको छ । राजापाक्षे, श्रीमती […]

माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति राजापाक्षे सिङ्गापुर जाने तयारीमा

प्रदर्शन चर्किएपछि माल्दिभ्स भागेका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे त्यहाँबाट सिङ्गापुर जाने तयारीमा हुनुहुन्छ । प्रदर्शनकारीले राष्ट्रपति कार्यालय नै कब्जा गरेपछि उहाँ हिजो माल्दिभ्स पुग्नुभएको थियो । राजापाक्षेसँगै उहाँकी श्रीमती र दुई अङ्गरक्षक समेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन् । राजापाक्षे देशबाट भागेपछि राजनीतिक सङ्कट थप गहिरिएको छ । तत्काल सङ्कट टर्ने सङ्केत देखिएको छैन । श्रीलङ्कामा अहिले आपत्कालीन अवस्थाको घोषणा गरिएको छ । श्रीलङ्काको सेना र पुलिस प्रशासनले संसद्का सभामुखलाई सर्वदलीय बैठक बोलाउन र ...

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे भागेर माल्दिभ्समा

श्रीलङ्काका राष्ट्रपति गोटाबाया राजापाक्षे भागेर माल्दिभ्स पुग्नुभएको छ । उहाँ र उहाँकी श्रीमती श्रीलङ्का वायु सेनाबाट माल्दिभ्सको राजधानी माले पुग्नुभएको हो । उहाँले औपचारिक रूपमा राजीनामा दिनुअघि नै देश छाडेको उच्च सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ ।  राष्ट्रपति गोटाबायाले आजदेखि नै लागू हुने गरी पदबाट राजीनामा दिनुभएको छ । संसदले राष्ट्रपतिको राजीनामा आज सार्वजनिक रूपमा घोषणा गर्ने तयारी छ । प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले अस्थायी राष्ट्रपतिका रूपमा शपथ लिनुहुनेछ । संसदबाट नयाँ राष्ट्रपति चयन नभए...

श्रीलङ्काका राष्ट्रपति राजापाक्षे देश छोडेर भागे

काठमाडौं– श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षे देश छोडेर भागेका छन् । सर्वसाधरणको विरोधपछि ७३ वर्षका राष्ट्रपति राजापाक्षे देश छोडेर भागेका हुन् । उनी स्थानीय समय अनुसार राति ३ बजेतिर माल्दिभ्सको राजधानी माले पुगेको अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन् । राजपाक्षेको विदाईले श्रीलङ्कामा दशकौंसम्म शासन गर्ने पारिवारिक वंशको अन्त्य भएको मिडियाले उल्लेख गरेका छन् । गत […]

श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे अझै पनि देशमै रहेको खुलासा

सोमबार श्रीलंकाका सभामुख महिन्दा यापा अबेवर्देनाले बोली फेर्दै राष्ट्रपति गोटाबाया राजापाक्षे अझै पनि देशमै रहेको बताएका छन्।अबेवर्देनाले बीबीसीसँगको अन्तर्वार्तामा आफूले गल्ती गरेको बताएका छन्। यसअघि वक्ताले बीबीसीलाई गोटाबाया राजापाक्षेले टापु छोडेर नजिकैको देशमा रहेको बताएका थिए।

‘परिवारवाद’ ले राजापाक्षे शासनको पतन

दीपेश केसीः राजापाक्षे परिवारका गोटाबाया राजापाक्षे राष्ट्रपति । राजापाक्षे परिवारका महीन्द्रा राजापाक्षे प्रधानमन्त्री, महीन्दाका जेठा छोरा नमाल राजापाक्षे युवा तथा खेलकुदमन्त्री । महीन्दाका जेठा दाजु चमाल राजापाक्षे सिंचाईमन्त्री । उनका छोरा ससिन्द्रा राजापाक्षे राज्यमन्त्री । परिवारमा जो जो उमेर पुगेका थिए तीमध्ये अधिकांश मन्त्री । सन् २०२० को घटना हो यो । श्रीलंका भनेकै राजापाक्षे […]

प्रदर्शनकारीले निवास घेरेपछि भागे श्रीलंकाका राष्ट्रपति राजापाक्षे

एजेन्सी – दबाबमा परेका श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षे राजधानीमा रहेको आफ्नो आधिकारिक निवासबाट भागेका छन्। राष्ट्रपति राजापाक्षे शनिबार निवासबाट भागेको एक शीर्ष रक्षा स्रोतलाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ। त्यसअघि राष्ट्रपति राजापाक्षेको राजीनामा माग गर्दै उनको निवासको कम्पाउन्डमा प्रदर्शनकारी पुगेका थिए। ‘राष्ट्रपतिलाई इस्कर्टिङ गरिएर लगिएको थियो’, रक्षा स्रोतले भन्यो। आक्रोशित भिडलाई राष्ट्रपतिको दरबारमा […]

श्रीलंकामा राजापाक्षे परिवारविरुद्ध विद्रोह, जलिरहेका छन् घरहरु

श्रीलंकाको सत्तामा राजापाक्षे परिवारको रहेको पकड अहिले ढुलमुल हुँदैछ। सत्ताको शिखरमा रहेका महिन्द्रा राजापाक्षे राष्ट्रपति हुँदै प्रधानमन्त्री बने। आफ्नै भाइलाई उनले राष्ट्रपति बनाए। देशमा आर्थिक संकट सुरु भएपछि उनै राजापाक्षेले राजीनामा दिए। अहिले भने उनै राजापाक्षे कहाँ छन् थाहा छैन। सरकारविरोधी आन्दोलन उत्कर्षमा पुग्दा विरोधीहरुले राजापाक्षे परिवारका साथै सरकारका मन्त्रीहरुको घर…

श्रीलंकामा राजापाक्षे शासन: राष्ट्रपति, प्रधानमन्त्री देखि मन्त्रीहरु

एजेन्सी, २५ असार । श्रीलंकाको राष्ट्रपति, प्रधानमन्त्रीका अलावा मुख्य पदहरुमा एउटै परिवारको बाहुल्य रहेको छ । राजापाक्षे परिवारले मुख्य पदहरु लिएर श्रीलंकामा राज्य सञ्चालन गर्न थालेको छ । श्रीलंकाको राष्ट्रपतिमा गोटावाया राजापाक्षे छन् । उनी पूर्वसेनापति पनि हुन् । उनका दाजु महीन्द्रा राजापाक्षे प्रधानमन्त्री छन् । गोटावायाका भाई बसिल राजापाक्षे अर्थमन्त्री बनाइएका छन् । उनले […]