ज्यान मार्ने उद्योग, चोरी मुद्दाका फरार प्रतिवादी स्याङ्जाको आँधिखोला गाउँपालिका–५ बस्ने ५० वर्षीय शंकर सुवेदीलाई घटनाको २० वर्षपछि बुधवार प्रहरीले पक्राउ गरेको छ ।
शंकरले आँधिखोला गाउँपालिका–५ बस्ने बलबहादुर बोगटीलाई २०५३ वैशाख २ गते बियरको बोतलले टाउकोमा प्रहार गरी घाइते बनाई पैसा समेत चोरी लगेको घटनाको सम्बन्धमा ज्यान मार्ने उद्योग मुद्दामा पुनरावेदन अदालत पोखराको २०५८ वैशाख २ गतेको फैसलाले ५ वर्ष कैद सजाय तोकिई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरीले उनकै गाउँबाट फेल...