कुमारी इक्विटी फण्डको इकाइ बाँडफाँड,  ९४ हजार सात सय ३३ आवेदकले पाए, ६१ आवेदन रद्द

काठमाडौं । कुमारी इक्विटी फण्डको इकाइ बाँडफाँड भएको छ । आवेदन दिएकामध्ये ९४ हजार ७ सय ३३ आवेदनकले सो इकाइ हात पारेका छन् भने ६१ जनाको आवेदन रद्द भएको छ । १०० देखि २० लाख इकाइ सम्म आवेदन गर्ने आवेदकहरुले माग बमोजिम नै इकाई पाएका छन् ।२५ लाख  देखि ५० लाख सम्म माग गरि आवेदन  दिने जम्मा ७ जना आवेदकलाई प्रति आवेदक २४ लाख ६ हजार ६ सय ७० इकाईका दरले बाँडफाँड गरिएको छ । कुमारी सामूहिक लगानी कोष अन्तर्गत सञ्चालन हुने कुमारी इक्वीटी फण्डको बिक्रि प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गरेको हो