मध्यविन्दु, १७ साउन । नवलपरासी (बर्दघाट सुस्तापूर्व) कृषिमा आत्मनिर्भर नहुँदा बाहिरबाट खाद्यान्न आयात गर्नुपरेको छ । उत्पादित खाद्यान्नले जिल्लावासीलाई नै खान पुग्दैन । जिल्लामा रहेका आठवटै पालिकाले कृषिलाई प्राथमिकतामा राखे पनि जिल्लावासीलाई खान पुग्ने अन्नबालीसमेत जिल्लामै उत्पादन हुन नसकेको तथ्याङ्क देखिएको छ । जिल्लामा उत्पादित खाद्यान्न अपुग भएपछि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने अवस्था छ । […]