सरकारले खाद्यान्नमा आत्मनिर्भर हुने भन्दै विभिन्न योजना अघि सारे पनि नेपालमा खाद्यान्न आयात भने बर्सेनि बढ्दै गएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार पछिल्लो समय खाद्यान्न आयात बढ्दै गएको हो । केन्द्रका अनुसार चालू आर्थिक वर्षको सात महिनामा खाद्यान्न आयातमा २० प्रतिशतले आयात बढेर ३२ अर्ब ५२ करोड २१ लाख १ हजार रुपैयाँ बराबरको आयात भएको हो ।
कृषि तथा पशुपंक्षी मन्त्रालयले मुलुक खाद्यान्नमा आत्मनिर्भर हुनका लागि विभिन्न कार्यक्रम सार्वजनिक गरेपनि आयात भने रोकिन सकेको छैन । स्थानीय उत्पादनले माग धान्न नसकेपछि खाद्यान्नको आयात बढ्दै गएको देखिन्छ ।