काठमाडौं : कोभिड-१९ युनिफाइड केन्द्रीय अस्पताल वीरमा दुई जना उपनिर्देशक नियुक्त भएका छन्। अस्पतालका प्रमुख प्रशासकिय अधिकारी डा भुपेन्द्र बस्नेतले डा अनुपमा कार्की र डा प्रज्वल श्रेष्ठलाई उपनिर्देशकमा नियुक्त गरेका हुन्।डा कार्की अस्पतालमा छाला रोग विभागको प्रमुख हुन् भने डा श्रेष्ठ क्रिटिकल केयर विशेषज्ञ हुन्। डा अशेष ढुंगाना र डा नविन पोखरेलले उपनिर्देशकबाट राजीनामा दिएपछि उक्त पदमा नयाँ नियुक्त गरिएको हो।डा बस्नेतका अनुसार कोभिड र ननकोभिड बिरामीलाई सहज रुपमा स्तरीय सेवा दिनका