अष्ट्रेलियालाई ४–१ गोल अन्तरले हराउँदै साविक विश्वकप विजेता फ्रान्सले विजयी सुरुवात गरेको छ । फिफा विश्वकप २०२२ अन्तर्गत कतारको अल जानुब रंगशालामा भएको खेलमा फ्रान्सले फराकिलो गोल अन्तरका साथ जित हात पारेको हो ।
खेलकाे पहिलो गोल अष्ट्रेलियाले गरे पनि पछि संख्या बढाउन सकेन । खेलको नवौं मिनेटमा गुडविनले गोल गर्दै अष्ट्रेलियालाई सुरुआती अग्रता दिलाएका थिए । तर फ्रान्सका ओलिभर जेरुडले दुई गोल गरे भने एड्रिन राबिओट र केलियन एमबाप्पेले एक एक गोल गरे ।
यो जितसँगै फ्रान्सले ३ अंक जोडेको छ । स...