दोस्रो लहरका बेला २४ सै घण्टा चालू अवस्थामा रहेका ती उद्योगहरु अहिले प्रायः कामविहीन भएका छन् । ती अक्सिजन सिलिण्डरहरु उद्योगमा नल्याउने हो भने अर्को लहर आउँदा बजारमा अक्सिजनको अभाव हुने उद्योगीहरु बताउँछन् ।
वितरण गरिएका सिलिण्डर खाली भएपछि खोजी गरी लेखाजोखा राखेर प्रभावकारी व्यवस्थापन नगरे अक्सिजन अभाव खेप्नुपर्ने अक्सिजन उत्पादक संघका अध्यक्ष गौरव सरदाले बताउनुभयो ।