दाङ : घोराही उपमहानगरपालिका ३ झिङनीमा रहेका दाङमा अक्सिजन उद्योग बन्द भएको ६ वर्षपछि सञ्चालनमा आएको छ। जिल्लामा कोरोना संक्रमित बढ्दै गएपछि अक्सिजनको अभाव हुँदै आइरहेको अवस्थामा उद्योग सञ्चालनमा आएपछि केही राहत हुने भएको छ। जिल्ला प्रशासन कार्यालय दाङ, घोराही उपमहानगरपालिका प्रहरीको समन्वयमा अक्सिजन उद्योग सुरु भएको हो। ६ वर्ष पहिले स्थापना गरिएको ग्यास प्लान्ट विद्युत् अभावका कारण पटक– पटक बन्द हुँदै आएको थियो। यसपटक भने राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् जडान गरी उद