अक्सिजन व्यवस्थापनमा गृहसचिव आफै सक्रिय

काठमाडौं। कोरोना सङ्क्रमितको उपचारका लागि आवश्यक अक्सिजन व्यवस्थापनका लागि गृह मन्त्रालयका सचिव महेश्वर न्यौपाने आफै सक्रिय भएका छन्। उनी आज सोपान अक्सिजन उद्योग, कान्तिपुर अक्सिजन उद्योग र सगरमाथा अक्सिजन उद्योगमा पुगेर निरीक्षण गरेका छन्। उद्योगहरूलाई कसरी सहयोग गर्न सकिन्छ, यस्तो अभावको बेला कसरी अक्सिजन व्यवस्थापन प्रभावकारी बनाउन सकिन्छ भन्ने उद्देश्यले उनी आफै गएको गृहसचिव न्यौपानेले बताए।