अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा सत्तारुढ जनता समाजवादी पार्टी नेपालले प्रदेश २ को अस्थायी राजधानी जनकपुरधामसहित प्रदेश २ का ८ वटै जिल्लाको सदरमुकाममा विरोध प्रदर्शन गरेका छन् । प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार लागेको भन्दै जसपाले जनकपुरधामको मोटरसाइकल –यालीसहित नगर परिक्रमा गरेको हो ।जनकपुरधामको रेल्वे स्टेशनबाट निकालिएको सो जुलुसले भानु चोक, कदम चोक, विद्यापति मुरलीसर चोक,विश्वकर्मा चोक, जिरोमाईल, बजर