एजेन्सी। एक महिनाभन्दा लामो समयदेखि दक्षिण अमेरिकी देश पेरुमा जारी राजनीतिक अशान्ति साम्य हुने लक्षण नदेखिएको विश्लेषकहरूले बताएका छन्। पूर्वराष्ट्रपति पेड्रो कास्टिलोका समर्थक र सुरक्षा बलबीच देशका विभिन्न भागमा भएका झडपमा एक प्रहरीसहित ४२ जना सर्वसाधारणको मृत्यु भइसकेको छ। राष्ट्रव्यापी रूपमा भइरहेका विरोध प्रदर्शनका क्रममा भएका दोहोरो झडपमा ५३१ जना घाइते भएका तथा ३२९ जनालाई […]