काठमाडौं- विश्वकप लिग-२ मा क्यानडाले आफ्नो उतकृष्ट प्रदर्शन जारी राखेको छ। युएईमा जारी त्रिकोणात्मक सिरिजको आफ्नो दोस्रो खेलमा क्यानडाले स्कटल्यान्डलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित हासिल गर्यो। नेपालमा अभ्यास गरेर युएई पुगेको क्यानडाले पहिलो खेलमा युएईलाई पराजित गरेको थियो। अहिले युएईमा विश्वकप लिग-२ अन्तर्गत क्यानडा, युएई र स्कटल्यान्डबिच त्रिकोणात्मक एकदिवसीय खेल भइरहेको छ। […]