सानी घिमिरे/झापा ।
उमेर त मेरो नातिनातिना खेलाएर रमाउँदै बस्ने भयो । तर बाध्यता यस्तो छ कि ज्यामी काम नगरी घरमा बिहान बेलुकी आगो बल्दैन । नरोएको दिन नै हुँदैन ।
उमेरले ५७ वर्ष लागे । उमेरको मात्र त के कुरा र पिरले ज्यान गलेर एक मुठ्ठी सास कुन बेला निभ्छ जस्तो लाग्छ ।
मेरो तीन भाइ छोरा हुन् । एउटा छोरो भारतमा काम गर्दै छ । एउटा छोरो गाउँघरमै छ । तर मलाई पिर मलेसियामा हराएको जेठो छोराको छ । मेरो छोरो गोपाल घिमिरे रोजगारीका लागि मलेसिया गएको १४ वर्ष भयो । घरमा मलाई फोन नगरेको पाँच वर्ष हुन ...