लुम्बिनी प्रदेशको कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्री सुमन शर्मा रायमाझी फेरि अर्को झमेलामा परेकी छन् । उनलाई प्रदेशसभा सदस्यको सूचीबाट हटाउन माग गर्दै जसपा नेपालमा निवेदन परेको छ । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ की रुपा थापा क्षेत्रीले रायमाझीलाई निर्वाचित सूचीबाट हटाई आफ्नो नाम समावेश गर्न माग गर्दै जसपा नेपालको केन्द्रीय कार्यालय, लुम्बिनी प्रदेशसभा सचिवालयमा निवेदन दिएकी हुन् ।शंकर पोखरेल नेतृत्वको तत्कालीन सरकारमा सहभागी भएपछि पनि उनी झमेलामा परेकी थिइन् । पार्टी नि