बीमा समितिले लघु बीमा कम्पनीको लागि खुलाएको लाइसेन्समा एउटा पनि निवेदन परेको छैन । समितिले भदौ १० गते ३५ दिनको म्याद दिएर लाइसेन्सका लागि आवेदन माग गरेको थियो । तर, समितिले सार्वजनिक रुपमा निवेदन माग गरेको ३० दिन बितिसक्दासम्म एउटा पनि निवेदन नपरेको समितिले जानकारी दिएको छ । समितिले गत भदौ १० गते सातै प्रदेशमा पर्ने गरी ७ वटा लघु बीमा लाइसेन्स वितरण गर्नको लागि निवेदन माग गरेको थियो ।सार्वजनिक सूचना प्रकाशित गरेको ३० दिनसम्म पनि कुनै निवेदन प्राप्त नभएको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलल