पार्टी दर्ताका लागि आयोगमा वामदेव गौतमको निवेदन

वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानले पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ ।मंगलबार पार्टी दर्ताका लागि निवेदन दिएको अभियानका प्रवक्ता निमकान्त पाण्डेले जानकारी दिए । पाण्डेले आवश्यक कागजपत्र र केन्द्रीय सदस्यहरुको हस्ताक्षरसहित निवेदन दिएको बताए । ‘आज निवेदन दिएका छौ, आयोगले कागजपत्र अध्ययन गरेर खवर गर्छौ भनेको छ’, पाण्डेले भने ‘हामीले चुनाव चिह्न गुलाबको फूल प्रस्ताव गरेका छौ ।’

सम्बन्धित सामग्री

रवि लामिछानेको साधारण सदस्यता खारेज गर्न मागसहित आयोगमा निवेदन

समाजवादी केन्द्र नेपालका सर्वोच्च नेता युवराज पौडेल ‘सफल’ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको साधारण सदस्यता बदर गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।सफलले सोमबार आयोगमा निवेदन दिँदै कुनै पनि व्यक्तिले राजनीतिक दल खोल्न र सो दलको साधारण सदस्य हुन, अध्यक्ष वा सभापति हुन समेत नसक्ने कानूनी व्यवस्था विपरित लामिछानेको नेतृत्वमा रास्वपा दर्ता भएको उल्लेख गरेका छन् ।उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामक दल दर्ता भएकोमा आफ्नो कुनै आपत्ति नरहेको समे

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौं । रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपरान्ह आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी […] The post रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन appeared first on राजधानी राष्ट्रिय दैनिक.

रवि लामिछानेले दिए दल दर्ताका लागि आयोगमा निवेदन

काठमाडौँ- रवि लामिछानेले नयाँ राजनीतिक दल ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । राष्ट्रिय सभा गृहमा मंगलबार दिउँसो नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा गरेपछि रविले अपराह्न आयोग पुगेर निवेदन दिएका हुन् । निवेदन दिएपछि आयोग परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै रविले आफ्नो सभापतिमा नयाँ दल दर्ताका लागि निवेदन दिएको जानकारी दिए […]

गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालले बुझायो आयोगमा निवेदन

गाई चुनाव चिन्ह माग्दै राप्रपा नेपालले निर्वाचन आयोगमा निवेदन दिएको छ । सोमबार आयोग पुगेर राप्रपा नेपालले निवेदन दर्ता गराएको हो । केही दिनअघि नै आयोगले कमल थापा अध्यक्ष रहने गरी पार्टी अध्यावधिकको निर्णय गरेको थियो भने सो निर्णयपछि थापाले फागुन ७ गते पार्टी औपचारिक रुपमा घोषणा गरेका थिए ।यस्तै आइतबार बसेको बैठकले गाई चुनाव चिन्ह माग्दै आयोगमा निवेदन दिने निर्णय गरेको थियो ।

निर्वाचन आयोगमा ‘प्रगतिशील पार्टी’ दर्ता गराउने तयारीमा त्रिपाठी

हृदयश त्रिपाठी नेतृत्वको ‘जनता प्रगतिशील पार्टी’ निर्वाचन आयोगमा दर्ता गर्न प्रक्रिया सुरु भएको छ ।  निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि निवेदन दिने तयारी भइरहेको सो पार्टीका नेता राधेरमण पाण्डेले बताए । ‘निवेदन दर्ता गराउनका लागि डकुमेन्टहरू तयार गर्ने काम भइरहेको छ, तयारी पूरा भयो भने बिहीबार आयोग जान्छौँ’, उनको भनाइ छ । हाललाई त्रिपाठी अध्यक्ष र बाँकी सदस्य रहने गरी निर्वाचन आयोगमा निवेदन दर्ता हुने बताइएको छ । जनता प्रगतिशिल पार्टीमा २१ सदस्यीय केन्द्र

महन्थ ठाकुरको निर्देशनमा दुई पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन

जनता समाजवादी पार्टीका नेपाल (जसपा)का अध्यक्ष महन्थ ठाकुरको निर्देशनमा दुई पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको छ । उनले आजै निर्वाचन आयोगमा सो पार्टी दर्ताका लागि निवेदन दिन लगाएको स्रोतले जनाएको छ । स्रोतका अनुसार ज्ञानेन्द्र झाको अध्यक्षतामा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र अजय झाको अध्यक्षतामा संघीय समाजवादी फोरम नेपाल दर्ताका लागि निवेदन दिइएको हो।यसअघि जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवले महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल हरिनारायण यादवको अध्यक

निर्वाचन आयोगमा दर्ता भएको नेकपा एमालेको निवेदन ‘हरायो’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको निर्वाचन आयोगमा दर्ता भएको निवेदन हराएको छ । फागुन २८ मा एमालेको नवौँ महाधिवेशनबाट निर्वाचित नेतृत्व विघटन, पार्टी विधान संशोधन र दशौँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटी बनाउनेसहितका निर्णय गरी एमाले अध्यक्ष केपी शर्मा ओलीले आयोगमा पत्र पठाएका थिए । त्यसको एक महिनापछि वरिष्ठ नेता माधवकुमार नेपालले ओलीले गरेका निर्णय […]