विराटनगर : करिब ३८ क्वीन्टल सुन तस्करी तथा उर्लाबारीका सनम शाक्य हत्याको बहस आज (आइतबार) सकिएको छ।मुद्दाका मुख्य अभियुक्त मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहितका ६ जना प्रतिवादीको प्रतिरक्षामा आइतबार दुई जना वरिष्ठ अधिवक्तासहित कानुन व्यवसायीहरूले बहस गरेका छन्।गोरेको पक्ष लिएर अधिवक्ता गणेश भट्टराईले बहस गरे। अनुसन्धानबाट सनम हत्या र सुन तस्करीको मुख्य भूमिका गोरेले निर्वाह गरेको खुलेको थियो। मुद्दामा नेपाल प्रहरीका उच्च अधिकारीसहित ७७ जनालाई प्रतिवादी बनाइएको थियो। प्रतिवादीमध्य