काठमाडौँ : नेकपा एमालेका सांसद गोकुल बास्कोटाले २३ क्वीन्टल सुन रातारात बाहिर पठाइएको दावी गरेका छन्।प्रतिनिधिसभाको आजको बैठकमा उनले २३ क्वीन्टल सुन बाहिर पठाएर ६० किलो समातिएको बताउँदै यो फगत नौटंकी थियो या खास कारणले समातियो पर्दा खुल्दै जाने बताए। उनले एमालेले कसैको कुर्सी हल्लाउन नचाहेको पनि बताए। लोकतन्त्रमा प्रतिपक्षको आवाज रोक्न खोजेपछि चुनौती थपिएको बास्कोटाले बताए। जे चिज साँचो हो त्यही कुरा ल्याउन पनि उनले अनुरोध गरेका छन्।