उपाय सिटी कार्गो अब नयाँ रुपमा

उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो हालै अनावरण गरेको छ। अब उपाय सिटी कार्गो, ‘उपाय’को नामले चिनिने कम्पनीले जनाएको छ । कार्गोले नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदान गर्दै आएको छ ।  उपायले प्रविधिको सही प्रयोग गरेर समग्र दुवानी व्यवसायलाई व्यवसायिक र प्रतिस्पर्धी बनाउने प्रयास गरिरहेको उपायका प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए । निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रत

सम्बन्धित सामग्री

गाडी चाहियो? उपाय छँदै छ नि!

काठमाडौँ – ‘हालै मात्र उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो परिवर्तन गरेको छ। अब उपाय सिटी कार्गो ‘उपाय’को नामले चिनिने छ,’ देश सञ्चारसँगको कुराकानीका क्रममा ‘उपाय’का कमर्सियल डिरेक्टर राहुल मल्ल ठकुरीले भने। ठकुरी यहाँको मार्केटिङ, सेल्स र विजनेस डिपार्टमेन्ट हेर्छन्। ‘नेपालमा व्यापारिक र निजी प्रयोजनको लागि सस्तो, भरपर्दो र पारदर्शिताका साथ ढुवानी सेवा प्रदायकको […]

उपाया सिटी कार्गोको नयाँ लोगो र नाम सार्वजनिक

उपाय सिटी कार्गोले आफ्नो नयाँ ब्राण्ड लोगो सार्वजनिक गरेको छ। कम्पनीले लोगोसँगै नाम पनि परिवर्तन गरेको छ ।  अब उपाय सिटी कार्गो ‘उपाय’ को नामले चिनिने छ । निलो र सुन्तला रंगमा डिजाईन गरिएको उपायको नयाँ लोगोले विश्वास र उर्जालाई प्रतिक गर्नुका साथै समग्र सेवालाई प्रतिनिधित्व गर्न खोजेको प्रबन्ध निर्देशक सुमन रायमाझीले बताए ।   नेपालको लजिष्टिक उद्योगलाई...

फुडमाण्डुले उपाय सिटी कार्गोसँग समन्वय गर्दै

नेपालको पहिलो फुड डेलिभरी प्लेटफर्म फुडमाण्डुले आफ्नो डेलिभरी सेवा अझ सहज सुलभ पार्न अनलाइन लजिष्टिक कम्पनी उपाय सिटी कार्गो सँग समन्वय गर्ने भएको छ । अनलाइन फुड डेलभरीमार्फत हाम्रो ग्राहकहरुको जीवन सजिलो बनाउनका लागि उपायसिटी कार्गोसँग समन्वय गर्ने भएको हो ।‘कहिलेकाहीँ हाम्रो राइडरहरुको क्षमता भन्दा बढी अर्डरहरू आउँछन्, तब केही डेलिभरीहरुमा ढिलाइ हुने वा केही समयको लागि अर्डरहरू लिन रोक्नुपर्ने अवस्था आउँछ,’ फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक, मनोहर अधिकारीले भने, ‘। यस

बेस्ट स्टार्टअप अफ द इयर बन्यो उपाय सिटी कार्गो

काठमाडौं । उपाय सिटी कार्गोले ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवाडर््स’ कार्यक्रमअन्तर्गत बेस्ट स्टार्टअप अफ द इयर अवार्ड पाएको छ । काठमाडौंमा बिहीवार भएको एक विशेष कार्यक्रमका बीच उक्त कम्पनीलाई नगद रू. १ लाख र ट्रफी प्रदान गरिएको छ । दोस्रो उपाधि प्राप्त गरेको लिफ प्लस प्रालिले नगद ५० हजार पाएको छ भने तेस्रो हुने आमा एग्रो प्रोडक्ट प्रालिले नगद २५ हजार पाएको छ । अन्तिम पाँचमध्ये एडमाना टेक्नोलोजी प्रालि र नेपाल एग्रो इन्पुट्स मार्केटिङ एन्ड आन्त्रप्रेनरसिप सर्भिसेज प्रालिले प्रमाणपत्र र सम्मान पाएका छन् । उनीहरूलाई कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डको अवसरमा आज (बिहीवार) विशेष समारोहका बीच सम्मान गरिएको छ । यस्तै, देशका प्रत्येक प्रदेशबाट एकएकओटा गरी सातओटालाई उदाउँदो स्टार्टअपका रूपमा सम्मान गरिएको छ । सुदूरपश्चिम प्रदेशबाट फारबेस्ट इन्फोटेक एन्ड रिसर्च सेन्टर कैलाली, कर्णाली प्रदेशबाट ज्वाला कृषि तथा पशुपालन उद्योग दैलेख, लुम्बिनीबाट निन्जा इन्फोसिस प्रालि नेपालगञ्ज बाँके, गण्डकीबाट एक कल होम सोलुसन्स प्रालि पोखरा, वाग्मतीबाट ग्लोकल प्रालि ललितपुर, प्रदेश २ बाट नमस्ते रिसाइकल टे«डर्स जनकपुर, प्रदेश १ बाट हिमालयन लश इन्डस्ट्रिज झापालाई छनोट गरी सम्मान गरिएको छ । स्टार्टअपका रूपमा शुरू भएर हाल सफल भइसकेका कारखाना र जानकी टेक्नोलोजी प्रालि (खल्ती)लाई स्टार्टअप सक्सेसका रूपमा सम्मान गरिएको छ । उत्कृृष्ट महिलाले नेतृत्व गरेको स्टार्टअपका रूपमा प्योर जोय प्रालिलाई सम्मान गरिएको छ । उनीहरूलाई विभिन्न उच्चपदस्थ कर्मचारी, उद्योग वाणिज्य, बैंकिङ क्षेत्रका विशिष्ट व्यक्तिहरूले सम्मान प्रदान गरेका थिए । ‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड’ को मुख्य प्रायोजकमा कुमारी बैंक लिमिटेड र सहप्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेका थिए । एशोसिएट पार्टनरमा नेपाल उद्योग वाणिज्य महासंघ स्टार्टअप इन्नोभेशन कमिटी, एनवार्ईएफ तथा डिसहोम फाइबरनेट रह्यो । यस्तै अवार्ड कार्यक्रमलाई सिटिजन लाइफ इन्स्योरेन्स, आईएमई तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड र व्यञ्जनले सहयोग गरेका थिए । कार्यक्रमको इन्फ्रा पार्टनर मन्सिरी ट्रेडिङ र टेक्निकल पार्टर मेङ्गो टेक छन् । न्यू बिजनेश एजले विगतमा पनि विभिन्न अवार्ड कार्यक्रम गर्दै आएको छ । गतवर्षदेखि यसले महिला उद्यमीहरूलाई पनि सम्मान गर्ने कार्यक्रम थालेको छ भने २०१३ देखि उत्कृष्ट व्यवस्थापन कलेजहरू तथा उत्कृष्ट कम्पनीहरूलाई छनोट गरेर पुरस्कृत गर्दै आएको छ ।

अब मोटरसाइकलबाटै कार्गो ढुवानी

डिजिटल कार्गो सेवा प्रदायक ‘उपाय सिटी कार्गो’ ले युकेएडको स्किल्स फर एम्प्लोयएमेन्ट प्रोग्राम–सीपको साझेदारीमा काठमाडौं उपत्यकामा बाइक (दुई पाङ्ग्रे सवारी) मार्फत कार्गो ढुवानी सेवा सुरु गरेको छ । डिजिटल नेपालको ढुवानी सेवाको मेरुदण्ड बन्ने लक्ष्य बोकेको उपाय सिटी कार्गोले दुई पाङ्ग्रे सवारीमार्फत हालैमात्र मोटरसाइकल कार्गो सेवा सुरु गरेको हो । योसँगै अब भारी सामानहरुको लागि मात्र नभई साना वस्तुहरू र पार्सल डेलिभरीका लागि सहज हुने भएको छ । ‘दुई पाङ्ग्रे ढुवानीको भविष

निःशुल्क अक्सिजन डेलिभरी सेवा दिँदै उपाय सिटी कार्गो

निषेधाज्ञाका कारण अक्सिजन सिलिन्डर ओसार-पोसार गर्न सर्वसाधारण तथा स्वास्थ्य संस्थाहरूलाई परेको समस्यालाई मध्यनजर गरी निःशुल्क ढुवानी सेवा दिइरहेको कम्पनीले जानकारी दिएको छ।

कुमारी बैंक र उपाय सिटी कार्गोबीच सहकार्य

काठमाडौं : कुमारी बैंकले क्युआर कोडबाट भुक्तानीको व्यवस्था मिलाएको छ। बैंकले उपाय सिटी कार्गो लिमिटेडसँग यसकाे लागि मंगलबार सम्झौता गरेको छ। बैंकका संचालक समितिका अध्यक्ष राणाका अनुसार उपाय सिटी कार्गोसँग आबद्ध पिक–उप ड्राइभर पार्टनरहरुलाई क्यूआरकोड तथा डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गराई, यसको प्रशिक्षण दिएर अनौपचारिक ढंगले संचालित ढुवानी व्यवसायलाई अझ व्यवस्थित र भरपर्दो बनाउने बैंक र कार्गोको मूल उद्देश्य रहेको छ।यस सहकार्यअन्तर्गत कुमारी बैंकले उपायका ड्राइभर पार्टनरहरुलाई&n

खेति मोबाईल एप र उपाय सिटी कार्गोबीच सहकार्य

२६ मंसिर, काठमाडौं । स्थानीय कृषि र खाद्यन्न क्षेत्रको आपूर्ति श्रृंखला व्यवस्थापनमा डिजिटल प्रविधि कम्पनी डिभी एक्सलसर खेति मोबाईल एप र उपाय सिटी कार्गो बीच सहकार्य भएको छ । वि.सं. २०१६ मा स्थापना भएको डिभी …