सिन्धुपाल्चोकमा निर्वाचन आचारसंहिता विपरित राखिएका प्रचार सामग्री हटाउन सुरू गरिएको छ । स्थानीय तह निर्वाचन आउन केही दिन मात्रै बाँकी रहँदा मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन आचारसंहितालाई कडाईका साथ लागू गर्न थालेको हो । निर्वाचन आचारसंहिता विपरितका गतिविधि रोक्न सोमबारदेखि निर्वाचन आयोगका सहन्यायाधिवक्ता उद्धव पुडासैनी सहितको टोली, सुरक्षाकर्मी लगायतले बजार अनुगमन गरेर बजार क्षेत्रका दायाँबायाँ दलहरूले राखेको पार्टीका झण्डा तथा चुनाव चिह्न हटाउन सुरू गरिएको हो । सार्वज