बाँके : मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जले बाँकेमा राजनीतिक दल र तिनका भ्रातृ सङ्गठनलाई निर्वाचन आचारसंहिता विपरीतका कार्य नगर्न सचेत गरेकाे छ।सो कार्यालयमा आज बसेको बैठकले पोष्टर, ब्यानर, सार्वजनिक स्थान, मठमन्दिर, बिजुलीका तार, टेलिफोनका तार समेतमा राखिएका चुनाव प्रचार–प्रसार सामग्री तत्काल हटाउन निर्देशन दिएको हाे।मुख्य निर्वाचन अधिकृतको कार्यालय नेपालगञ्जका मुख्य निर्वाचन अधिकृत खडानन्द तिवारीले सम्बन्धित दल वा भ्रातृ सङ्गठनले त्यस्ता प्रचार सामग्री नहटाए कार्यालयको टोलीले अन