हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

जेठ ३, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २५ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले लिसरा व्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । सर्वसाधारणमा रू. ६० लाख कित्ता आईपीओ जारी गर्न नियामक निकायमा निवेदन दर्ता गरिसकेको कम्पनीले आईपीओ पश्चात हकप्रद शेयर जारी गर्ने योजना बनाएको हो । साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत तय भएको छ ।

सम्बन्धित सामग्री

अरुण भ्याली हाइड्रोपावर र रिलायबल नेपाल लाइफको शेयर मूल्य समायोजन

काठमाडौं । आइतवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र अरुण भ्याली हाइड्रोपावरकोे शेयर मूल्य समायोजन भएको छ । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ र हकप्रद शेयर निष्कासन प्रयोजनको लागि यी दुई कम्पनीले बुक क्लोज गरेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।  नेप्सेले रिलायबल नेपाल लाइफको  १६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. ४९७  दशमलव ८४ कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. ५७७ दशमलव ५० मा अन्तिम कारोबार भएको थियो ।  त्यस्तै नेप्सेले अरुण भ्याली हाइड्रोपावरको शत प्रतिशत हकप्रद शेयरको समायोजन गरेको हो । समायोजनपश्चात कम्पनीको शेयर मूल्य रू. १९० दशमलव १० कायम भएको छ ।  नेप्सेले आइतवार कारोबार दिनको अन्तिम मूल्यका आधारमा यस कम्पनीकोे शेयर मूल्य समायोजन गरेको हो । आइतवार दोस्रो बजारमा कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २८० दशमलव २० मा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर भोलि अर्थात दोस्रो बजारमा यी दुबै कम्पनीको शेयर कारोबार खुल्नेछ ।

प्रिमियममा आईपीओ जारी गर्न लागेको रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (Reliable Nepal Life Insurance Limited)ले असार १ गते छैटौं वार्षिक साधारण सभा (Annual General Meeting) बोलाएको छ । जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसरा ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको यस कम्पनीले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारितका लागि वार्षिक साधारण सभा बोलाएको हो । सभाले चालु आर्थिक वर्ष ०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ । यस कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १९० थप गरी प्रतिकित्ता रू. २९० मा सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी गरेको छ ।  कम्पनीले उक्त मूल्यमा रू. ३ अर्ब १५ करोड ५६ लाख २५ हजार बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ । नेपाल धितोपत्र बोर्ड (Sebon) मा कम्पनीले गत चैत ५ गते आईपीओ निष्कासनका लागि निवेदन दर्ता गराएको छ ।

३० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव सहित रिलायबल नेपाल लाइफको साधारणसभा

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा हुने भएको छ। कम्पनीको संचालक समितिको बैठकले कात्तिक ६ गते साधारणसभा डाकेको छ। सभा

३० प्रतिशत आइपीओ जारी गर्ने प्रस्ताव सहित रिलायबल नेपाल लाइफको साधारणसभा

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको पाँचौं वार्षिक साधारण सभा हुने भएको छ। कम्पनीको संचालक समितिको बैठकले कात्तिक ६ गते साधारणसभा डाकेको छ। सभा

रिलायबल नेपाल लाइफको साधारण सभाले पारित गर्‍यो आईपीओ निष्कासन गर्ने प्रस्ताव

असार ६, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ ।  सभा कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वरमा भर्चुअल माध्यमबाट हालै सम्पन्न भएको हो । सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गरेको छ । साथै आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ । साथै सभाले सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गरेको छ ।   अव कम्पनीले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट निवेदन दिएर स्वीकृती पाएपछि मात्र आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ ।आईपीओ निष्कासन पछि कम्पनीको पूँजी रू. २ अर्ब पुग्नेछ ।

रिलायबल नेपालको साधारण सभा आज हुँदै, ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव

असार ४, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा आज (शुक्रवार) हुँदैछ । कम्पनीले सभा दिउँसो १ बजे कम्पनीको प्रधान कार्यालय ज्ञानेश्वर, काठमाडौंमा भर्चुअल माध्यमबाट हुने जानकारी दिएको छ । सभाले रू. ६० करोड बराबरको ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, सभाले आव २०७५/७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । यसैगरी सभाले आव २०७६/७७ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभाबाट आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित भएपछि नेपाल धितोपत्र बोर्डबाट निवेदन दिएर स्वीकृति पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ४० करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू. २ अर्ब पुग्नेछ ।

रिलायबल लाइफको साधारण सभा ११ गते

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन ११ गतेको लागि साधारण सभा बोलाएको छ । इन्स्योरेन्सको असार १४ गते बसेको सञ्चालक समितिको बैठकले साउन ११ गते साधारण सभा बोलाउने निर्णय गरेको हो ।