प्रिमियममा आईपीओ जारी गर्न लागेको रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (Reliable Nepal Life Insurance Limited)ले असार १ गते छैटौं वार्षिक साधारण सभा (Annual General Meeting) बोलाएको छ । जेठ ११ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले लिसरा ब्यांकेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।  प्रिमियम मूल्यमा आईपीओ जारी गर्न लागेको यस कम्पनीले आर्थिक वर्ष ०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारितका लागि वार्षिक साधारण सभा बोलाएको हो । सभाले चालु आर्थिक वर्ष ०७९/८० को लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषय टुंग्याउनेछ । यस कम्पनीले प्रतिशेयर रू. १०० अंकित मूल्यमा प्रिमियमबापत रू. १९० थप गरी प्रतिकित्ता रू. २९० मा सर्वसाधारणका लागि शेयर जारी गर्ने तयारी गरेको छ ।  कम्पनीले उक्त मूल्यमा रू. ३ अर्ब १५ करोड ५६ लाख २५ हजार बराबरको १ करोड १२ लाख ५० हजार कित्ता आईपीओ जारी गर्नेछ । नेपाल धितोपत्र बोर्ड (Sebon) मा कम्पनीले गत चैत ५ गते आईपीओ निष्कासनका लागि निवेदन दर्ता गराएको छ ।

सम्बन्धित सामग्री

रिलायबल नेपाल लाइफले जेठ २५ गते हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्ने

जेठ १९, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २५ गते चौथो बार्षिक साधारण सभा बोलाएको छ ।  कम्पनीको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले लिसरा ब्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ । कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । सर्वसाधारणमा रू. ६० लाख कित्ता आईपीओ जारी गर्न नियामक निकायमा निवेदन दर्ता गरिसकेको कम्पनीले आईपीओ पश्चात हकप्रद शेयर जारी गर्ने योजना बनाएको हो ।  साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत तय भएको छ ।  साधारण सभाको सूचना हेर्न यहाँ क्लिक गर्नुहोस् :

हकप्रद शेयर जारी गर्ने प्रस्ताव सहित रिलायबल नेपाल लाइफले बोलायो साधारण सभा

जेठ ३, काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २५ गते चौथो वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको वैशाख २५ गतेको सञ्चालक समितिको बैठकले लिसरा व्यांक्वेट, ज्ञानेश्वर, काठमाडौंमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङग्याउनेछ । कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद शेयर जारी गर्ने प्रस्ताव पनि सभाका लागि तय गरेको छ । सर्वसाधारणमा रू. ६० लाख कित्ता आईपीओ जारी गर्न नियामक निकायमा निवेदन दर्ता गरिसकेको कम्पनीले आईपीओ पश्चात हकप्रद शेयर जारी गर्ने योजना बनाएको हो । साथै स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने र संस्थापक शेयरधनीहरुको तर्फबाट चार जना सञ्चालक निर्वाचन गर्ने कार्यक्रम समेत तय भएको छ ।