वासिगंटन डिसी । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले नाइजरका राष्ट्रपति मोहम्मद बजोमलाई तत्काल रिहा गर्न र देशमा लोकतान्त्रिक व्यवस्थाको पुनर्स्थापना गर्न आह्वान गरेका छन्। यसअघि संयुक्त राष्ट्र सुरक्षा परिषदले पनि नाइजरको ‘असंवैधानिक रूपमा वैध सरकार परिवर्तन गर्ने प्रयास’ को कडा निन्दा गरेको थियो।अष्ट्रेलियाको ब्रिस्बेनमा पत्रकारहरूसँग कुरा गर्दै ब्लिन्केनले भने कि उनले बाजोमसँग टेलिफोनमा कुरा गरेका थिए। […]