तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बीउ वितरण गर्न लागिएको हो । कृषकको मागअनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले आलुको बीउ वितरण गर्ने निर्णय गरेको हो । नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे नौ टन आलुको बीउ वितरण गरेको थियो । नग