तनहुँको व्यास नगरपालिकाले कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने भएको छ । नगरपालिकालाई आलुमा आत्मनिर्भर गराउने ध्येयले बीउ वितरण गर्न लागिएको हो ।
कृषकको मागअनुसार आलुको बीउ तत्काल खरिद गरी ५० प्रतिशत अनुदानमा उपलब्ध गराउन सम्बन्धित शाखालाई निर्देशन दिने निर्णय भएको नगर प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। नगर कार्यपालिकाको मङ्गलबार बसेको बैठकले आलुको बीउ वितरण गर्ने निर्णय गरेको हो ।
नगरपालिकाले गत वर्ष जिल्लाका विभिन्न कृषक समूहलाई साढे नौ टन आलुको बीउ वितरण गरेको थियो । नगरपालिकामा करिब ६००...