तालिबानले अफगानिस्तान कब्जा गरेपछि देशभित्रका करिब २ सयभन्दा बढी महिला न्यायाधीश लुक्न विवश बने।कट्टरपन्थी तालिबानले देश कब्जा गरेसँगै उनीहरूले आफ्ना सदस्य जेलबाट निकालेका थिए। कैदीहरू मुक्त गरिए। तीमध्ये केही अपराधी यस्ता थिए जो कुनै समय महिला न्यायाधीशहरूले सजाय तोकेर जेलको चिसो हावा खाइरहेका थिए।तीमध्ये २६ जना महिला न्यायाधीश हालै अफगानिस्तानबाट भाग्न सफल भएका हुन्। ग्रीसमा सुरक्षित बसेका उनीहरूसँग बिबिसीले गरेको कुराकानीमा देशबाट कसरी भाग्न सफल भए भनेर बताए