एमालेले सडक आन्दोलन गर्ने, २२ वटा जनसङ्गठन परिचालन गर्ने निर्णय

काठमाण्डाै – चर्को मूल्यवृद्धिविरुद्ध नेकपा एमालेले सडक आन्दोलन गर्ने भएको छ । जनसङ्गठन समन्वय संयन्त्रको आज बिहीवार बसेको बैठकले वर्तमान गठबन्धनको सरकार बनेपछि मूल्यवृद्धि तीन गुणासम्म बढेको, किसानले रासायनिक मल नपाएको र विद्यार्थीले पुस्तक नपाएको लगायतका समस्या देखिएको भन्दै खबरदारीका लागि सडक आन्दोलन गर्ने निर्णय गरेको हो ।यसका लागि २२ वटा जनवर्गीय सङ्गठनलाई सडक प्रदर्शनमा सहभागी गराउने तयारी रहेको संयन्त्रकी सहसंयोजक रचना खड्काले उज्यालोलाई जानकारी दिनुभयो । महँगीका कारण नागरिकले छाक टार्न नपाएर बाँच्नै नसक्ने अवस्था ...

सम्बन्धित सामग्री

कहिलेसम्म सडक आन्दोलन ?

नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो चालू पुँजी कर्जा मार्गदर्शन, चर्को ब्याजदरलगायत विषय उठाएर अहिले निजी क्षेत्र असन्तुष्ट छ । यही विषयलाई अघि सारेर मंसिर ४ को निर्वाचनअघि नेपाल उद्योग वाणिज्य महासंघ मातहतका जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, तथा नाडा अटोमोबाइल्स एसोसिएसनलगायत वस्तुगत संघ सडकमा ओर्लिएका थिए । होटल संघ नेपाल मातहत विभिन्न पर्यटकीय […]

ब्याजदर तत्काल घटाउन माग गर्दै उद्योगी र व्यवसायीले गरे सडक आन्दोलन

काठमाडाैं । ब्याजदर तत्काल घटाउन सरकारसँग माग गर्दै आएका उद्योगी र व्यवसायीहरुले सडक आन्दोलन सुरु गरेका छन । नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी र व्यवसायीहरुले आज शुक्रबार काठमाडौंको माइतीघर मण्डलामा बैंक तथा वित्तीय संस्थाहरुले ब्याजदर दोब्बर गरेर आतंक फैलाएको भन्दै त्यसको मौन विरोध प्रर्दशन गरेका हुन् । उनीहरुले मुलुकको उद्योग, व्यवसायलाई बचाउनका लागि एक […]

सहकारीले वचत फिर्ता नगर्दा सडक आन्दोलन

सहकारी संस्थाका सञ्चालकले ४० लाख रुपैयाँ भन्दा बढी रकम लिएर फरार भएपछि वचतकर्ताको विचल्ली भएको छ ।४ वर्ष बित्दासमेत आफूहरुले जम्मा गरेको वचत रकम सहकारीबाट फिर्ता नपाएको भन्दै सुनसरी वचतकर्ता आन्दोलनमा उत्रिएका हुन् । रकम फिर्ताको माग गर्दै सरोकारवाला निकाय धाउँदा हैरान भएकोले अन्तिम विकल्पका रुपमा सडक आन्दोलन रोजेको बताए ।आन्दोलित वचतकर्ताले पूर्व–पश्चिम राजमार्गको भाण्टाबारी […]

महंगीविरुद्ध एमालेको संगठनले सडक आन्दोलन गर्ने

काठमाडौं।नेकपा एमालेको जनसंगठनहरुले महंगी र कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन्।भूमिहीनलाई तत्काल पुर्जा वितरण गर्न सांसद्हरुको माग।आज नेप्से परिसूचक ४५ अंकले घटेको छ। सुर्खेतको वीरेन्द्रनगरमा बर्डफ्लु संक्रमण देखिएको छ र फिफा वरीयतामा नेपाल आठ स्थान तल झरेको छ।

महंगीविरुद्ध एमालेको जनसंगठनले सडक आन्दोलन गर्ने

९ असार, काठमाडौं । नेकपा एमालेको जनसंगठनहरुले महंगी, कालोबजारीविरुद्ध सडक आन्दोलन गर्ने भएका छन् । जनसंगठन समन्वय संयन्त्रको बिहीबार बसेको बैठकले इन्धनको मुल्यवृद्धि, त्यसका कारण खाद्यान्नको मुल्यमा भएको वृद्धि, पाठ्यपुस्तक अभाव, कालोबजारी जस्ता मुद्दामा आन्दोलन गर्न जनसंगठनहरुलाई निर्देशन दिएको हो । ‘अहिले अनेरास्ववियुले आन्दोलन गरिरहेको छ । त्यसलाई अझ व्यवस्थित बनाउँछौं,’ अनेरास्ववियूकी अध्यक्ष सुनीता बरालले […]

सरकारविरुद्ध सडक आन्दोलन गर्ने विपक्षी गठबन्धनमा सहमति

काठमाडौं :  विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार राति बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गर्दै देशका प्रमुख शहरहरुमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो।सडक आन्दोलनका लागि केन्द्रमा संयोजन समिति बनाउने र भ्रातृ संस्थाहरुलाई परिचालन गर्ने विषयमा पनि छलफल भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष

दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागिः सञ्चारमन्त्री गुरुङ

काठमाडौं । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले राजनीतिक एजेन्डा बिना दलहरुले गरिरहेको सडक आन्दोलन निर्वाचनको तयारीकै लागि भइरहेको बताएका छन् । “विना राजनीतिक एजेन्डा आन्दोलनमा उत्रिएका दलहरुले निर्वाचनको तयारीका लागि नै सडक आन्दोलन गरिरहेका छन्” मन्त्री गुरुङले भने ।राजनीतिक दलहरुले निर्वाचन भएरै छाड्ने भन्ने मनोविज्ञान जनतालाई दिन आन्दोलन गरिरहेको उनले बताए । अब मुलुक निर्वाचनमा गैरहेको वताउँदै मन्त्री गुरुङले राजनीतिक दलदेखि नागरिक समाज, पत्रकारलगाय