सरकारविरुद्ध सडक आन्दोलन गर्ने विपक्षी गठबन्धनमा सहमति

काठमाडौं :  विपक्षी गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सडक आन्दोलन गर्ने भएको छ।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बुधबार राति बसेको गठबन्धनको बैठकले भौतिक दूरी कायम गर्दै देशका प्रमुख शहरहरुमा सडक प्रदर्शन गर्ने निर्णय गरेको हो।सडक आन्दोलनका लागि केन्द्रमा संयोजन समिति बनाउने र भ्रातृ संस्थाहरुलाई परिचालन गर्ने विषयमा पनि छलफल भएको छ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष