विराटनगर : प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले अघिल्लो सरकारले ट्रयाक बाहिर लगेको सुशासनका कुराहरूलाई ठिक बाटोमा ल्याएको बताएका छन्।नेपाल टेलिभिजन इटहरीको कार्यक्रम ‘प्रदेश प्रसङ्ग’मा मन्त्री कार्कीले एक सय दिनको अवधिमा अघिल्ला सरकारले ट्र्याकबाहिर लगेका सुशासनका कुराहरूलाई सही मार्गमा ल्याएको बताएका हुन्। उनले प्रदेश सरकार जनताका चाहाना र भावनाअनुसार काम गरिरहेको बताउँदै अहिलेको सरकारले आगामी दिनमा गर्ने कामको ‘रोडम्याप’ पनि तय