प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले प्रदेशको आउने बजेट अधिवेशनपछि प्रदेशको नाम टुंग्याउने बताएका छन् । प्रदेश १ सभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कार्कीले प्रदेशको नामकरणको सवालमा अघिल्लो दुई तिहाइको सरकारले ४ वर्षमा गर्न नसकेको काम अहिलेको सरकारले ४ महिनामै गरेको बताए । ‘दुई तिहाइको सरकार हुँदा एक पनि छलफल भएन । तर, यो सरकार बनेको ४ महिनामै हामीले नामकरणका सवालमा माननीय स्वास्थ्यमन्त्री जयराम यादवको संयोजकत्वमा समिति बनाएका छौँ,उन