प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले केन्द्र सरकार प्रदेशको अधिकार प्रत्यायोजन गर्न सकारात्मक नदेखिएको आरोप लगाएका छन् । उनले प्रदेशको अधिकार प्राप्तिका लागि अब केन्द्र सरकारसँग लडाइँ लड्ने पनि बताए ।आइतबार प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले उठाएको प्रश्नको जवाफ दिने क्रममा मन्त्री कार्कीले दवाव मूलक आन्दोलनको आवश्यकतामा जोड दिए ।मन्त्री कार्कीले भने, ‘अब आफनो अधिकार प्राप्तिका लागि केन्द्रीय सत्तासँग लडाईँ लडेर अधिकार लिने दिन आएको छ ।’ प्रदेश सरकारका प