सुउवा संघद्वारा घरभाडा छूट गर्न आग्रह

साउन १२, सुर्खेत । सुर्खेत उद्योग वाणिज्य संघले आफ्ना सदस्यलाई घरभाडा छूट गर्न आग्रह गरेको छ ।  संघका अध्यक्ष धनबहादुर रावतको अध्यक्षतामा सोमवार वीरेन्द्रनगरमा बसेको कार्य समितिको २९ औं बैठकले कोरोनाको महामारी र बन्दाबन्दीले आर्थिक क्षेत्रमा पारेको प्रभावलाई मध्यनजर गर्दै आफ्नो इच्छा र गच्छे अनुसारको छूट दिन आग्रह गरेको हो । बैठकले आफ्नो घर जग्गा वहालमा बस्ने उद्योगी, व्यापारी, व्यवसायीलाई इच्छा र गच्छे अनुसारको छूट दिन आग्रह गरेको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए ।  ‘कोरोना महामारीले उत्पन्न संकटबाट निजी क्षेत्रका उद्योग, व्यापार, व्यवसाय चौपट नै पारेको छ,’ उनले भने, ‘हामी संघका सदस्यलाई मात्र होइन, आम जनसमुदायलाई आ–आफ्नो घर जग्गा वहालमा बस्ने उद्योगी, व्यापारी, व्यवसायीलाई इच्छा र गच्छे अनुसार छुट गर्न आग्रह गर्दछौं ।’ उनले बैठकमा घरभाडा छूट गर्न सार्वजनिक रुपमै अपिल गर्ने निर्णय गरिएको बताए ।  ‘लामो समयको महामारी र बन्दाबन्दीका कारण उद्योगी व्यापारी आक्रान्त छन्,’ उनले भने, ‘अहिले केहि खुकुलो भएपनि अपेक्षित रुपले व्यापार व्यवसाय सञ्चालन नभएको हुँदा यस्तो आग्रह गरिएको हो ।’  उनका अनुसार बैठकले संघको सदस्यता नविकरणका लागि असोज मसान्तसम्म छूट र संघको भवनमा कोठा भाडामा लिएर पसल सञ्चालन गर्नेलाई एक महीना घरभाडा छूट दिने निर्णय गरेको छ ।  संघले कोरोनाको प्रकोपका कारण स्थगित हुँदै आएको संघको ३६ औं र ३७ औं वार्षिक साधारणसभा आगामी असोज २ गते गर्ने निर्णय पनि गरिएको उनले जानकारी दिए ।   

सम्बन्धित सामग्री

घरभाडा २० प्रतिशत छूट गर्न घरबहाल मञ्चको आग्रह

चितवन। नेपाल घर बहाल उपभोक्ता मञ्च चितवनले विगतमा भएको सहमति अनुसार २० प्रतिशत घरभाडा छूट गर्न अनुरोध गरेको छ । मञ्चले एक विज्ञप्ति जारी गर्दै व्यवसायी अफ्ठ्यारो अवस्थामा रहेको भन्दै घरभाडा छूट दिन आग्रह गरेको हो । सडक विस्तारका क्रममा भएको असर, व्यवसायी बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदर, घरभाडा वृद्धिका कारण व्यवसाय धराशयी अवस्थामा रहेको भन्दै व्यवसायीले गरेको आग्रहका आधारमा घरधनी २० प्रतिशत भाडा घटाउन सहमत भए पनि त्यसको कार्यान्वयन नभएको विज्ञप्तिमा उल्लेख छ । ‘गत जेठ २६ मा भाडा छूट गर्न भएको आग्रहका आधारमा केही घरधनीहरूले २० प्रतिशत नै घरभाडा छुट दिनुभएको छ, तर केहीले भाडा नघटाइ साविककै भाडा लिइरहनु भएको छ, ’ विज्ञप्तिमा भनिएको छ, ‘अहिलेको विषम परिस्थितीमा भाडा दरमा छूट गराई व्यवसायीलाई सहजीकरण गरिदिनुहुन अनुरोध गर्दछौं ।’

घर घाडामा विशेष छुट दिन आग्रह

देशको विषम परिस्थितिमा घर घाडामा विशेष छुट दिन व्यवसायीहरुले आग्रह गरेका छन् । नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले मंगलबार पोखरामा पत्रकार सम्मेलनमार्फत देशको विषम परिस्थितिमा बाचौं र बचाऔं भन्ने मुल नाराका साथ घरधनीहरुसमक्ष घर भाडामा विशेष छुट दिन आग्रह गरेका हुन् । भूकम्प र त्यस लगतै आएको विश्वव्यापी महामारीले गर्दा हाल विश्वकै अर्थतन्त्रमा आएको […]

घरभाडामा ५० प्रतिशत छुटको माग

पोखरा – आर्थिक संकटबाट व्यवसायीलाई जोगाउन घरधनीसँग घरभाडामा छुट माग गरिएको छ। नेपाल राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीले ५० प्रतिशतसम्म घरभाडा छुटको माग गरेको हो। ‘हाल विद्यमान आर्थिक संकट समान्य नभएसम्म घरभाडामा ५० प्रतिशत छुट गरौँ’, समितिका अध्यक्ष कमलप्रसाद न्यौपानेले आग्रह गरे। व्यवसायीलाई राहात दिन सके पलायन नहुने उनको भनाइ छ। ‘व्यापार व्यवसाय चौपट छ। […]

घरभाडा नघटाए तालाचाबी घरबेटीलाई बुझाउने व्यवसायीको चेतावनी

चितवन  । आर्थिक मन्दीको कारण व्यवसाय सुस्त भएपछि चितवनका व्यवसायीले भाडा समेत तिर्न नसक्ने अवस्थामा पुगेको बताएका छन् । बैंकको ब्याजदर, घरभाडा, कर्मचारी खर्च लगायतका चालू खर्च धान्न नसकेको भन्दै उनीहरूले घरबेटीलाई तालाचाबी बुझाउने चेतावनी दिएका छन् । व्यवसायीको चर्को विरोध र असन्तुष्टि देखिएपछि नेपाल घरबहाल उपभोक्ता मञ्च चितवनले व्यवसायमा देखिएको आर्थिक मन्दी र उत्पन्न समस्याका सम्बन्धमा विभिन्न व्यवसायी संघहरूसँग बृहत् छलफल गरेको छ ।  छलफलमा हालको व्यवसायसम्बन्धी समस्यालाई सम्बोधन गरी विषम परिस्थितिमा व्यवसायीलाई टिकाउन र घरधनीका घर खाली नगर्न घरधनी लगायत सम्बन्धित संघसंस्थाको विशेष पहल रहनुपर्ने सरोकारवालाको भनाइ छ । मञ्चका अध्यक्ष खेमनारायण पराजुलीले वर्तमान अवस्था र यसबाट सृजित समस्या समाधानका लागि मञ्चको तर्फबाट विभिन्न सार्वजनिक लेख, विज्ञप्ति र ज्ञापनपत्रमार्फत सम्बन्धित निकायलाई ध्यानाकर्षण गरिए पनि माग सम्बोधन नभएको बताए ।  चितवन जिल्लाअन्तर्गतका बढी जनघनत्व रहेका पालिकाका ८० देखि ९० प्रतिशत व्यवसायी घर भाडामा लिई व्यवसाय सञ्चालन गरेको र उक्त व्यवसायीमध्येका झन्डै ८५ प्रतिशत व्यवसायीले व्यवसायबाट घरभाडा तिर्न नसकेको बताउँदै यसलाई गम्भीर रूपमा लिन पराजुलीले आग्रह गरे । जिल्लाका मुख्य बजारका धेरै सटर तथा घर खाली हुँदै गएको र भएका अधिकांश व्यवसायीले पसल विक्रीका लागि बोर्ड तथा ब्यानर समेत लगाएका छन् । ‘घरधनीले खाली भवनमा भाडामा छ भनेर ब्यानर, पोस्टर टाँसेको अवस्था छ । व्यवसाय नै बन्द रहेमा घरधनीले प्राप्त गर्ने भाडा, राज्यले प्राप्त गर्ने व्यवसाय कर, बहाल कर र रोजगारीसमेत गुम्ने अवस्थामा घरधनी, राज्य र व्यवसायीका संघबाट यथोचित सम्बोधन हुनुपर्छ,’ उनले भने । व्यवसायी संघबाट हालको अवस्थामा दिँदै आएको भाडादरमा ३० देखि ४० प्रतिशत घर भाडा घटाउन अनुरोधसहित छाता संगठन उद्योग वाणिज्य संघ र महासंघसम्म ज्ञापनपत्र बुझाएको तर उचित पहल हुन नसकेको व्यवासायीको गुनासो छ । घरबहालसम्बन्धी स्पष्ट कानून नबन्नु, विभिन्न करको विषयमा स्थानीय सरकारले उचित र प्रष्ट नीति तथा व्यवस्था गर्न नसक्नुले व्यवसायको सुरक्षाको ग्यारेन्टी नभएको मञ्चका संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार हेमराज पौडेलले बताए ।

मेयर बालेनले अधिकार दुरुपयोग गरे, धरपकड तत्काल बन्द गरियोस् : उद्योग वाणिज्य संघ

काठमाडौं : काठमाडौं उद्योग वाणिज्य संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले अधिकारको दुरुपयोग गरेको आरोप लगाएको छ । काठमाडौं महानगरपालिकाले अवैध संरचना हटाउने नाममा साना व्यापारीको रोजिरोटी खोसेको भन्दै संघले महानगरको अभियानप्रति आपत्ति जनाएको हो। संघका अध्यक्ष दिनेश श्रेष्ठले घरभाडा र घरबेटीसँग व्यवसाय सम्झौता गरेर कर तिरेर करोडौं लगानी गरेका व्यावसायी माथिको धरपकड तत्काल बन्द गर्न मेयर साहलाई आग्रह गरेका हुन्।उनले बिहीवार न्युज एजेन्सी नेपालसँगको कुराकानीमा श्रेष्ठले महानगरको म

उद्योग वाणिज्य संघले घरभाडा छुट दिन आग्रह

धनकुटा उद्योग वाणिज्य संघले कोरोना संक्रमणको जोखिमलाई कमगर्न भन्दै सरकारले लगाएको निशेधाज्ञाका कारण व्यापार व्यावसाय ठप्प रहेको हुँदा निषेधाज्ञाको समयको घर भाडा छुट गरी दिन धनकुटाका घर धनीहरूसंग आग्रह गरेको छ । निषेधाज्ञाका कारण व्यापार, व्यवसाय बन्द रहेकाले व्यापारीहरू ठूलो मारमा परेकाले घर भाडा छुट गरी दिन घरधनीहरूलाई आग्रह गरिएको धनकुटा उद्योग वाणिज्य संघका अध्यक्ष […]

चैतको घरभाडा मिनाहाको स्थानीय तहले अनुगमन गर्ने

१८ चैत, काठमाडौं । सरकारले चैत महिनामा असंगठित श्रमिकहरुले तिर्नुपर्ने घरभाडा मिहाना गर्न आग्रह गरेको थियो । सो अनुसार घर भाडा मिनाहा भए-नभएको अनुगमन स्थानीय तहबाट हुने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । परिषद्को १४ वैशाखको निर्णयअनुसार …

एक महिनाको घरभाडा मिनाहा गर्न सरकारको आग्रह

१६ चैत, काठमाडौं । सरकारले असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको एक महिनाको घरभाडा मिनाहा गर्न घरधनीहरुलाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले यस्तो आग्रह गरेको हो । आफ्नो आग्रहअनुसार असंगठित क्षेत्रमा काम गर्ने श्रमिकहरुको …

नेकपाका सांसदले घरभाडा नलिने

रुपन्देही । प्रदेशसभामा नेकपाबाट प्रतिनिधित्व गर्ने रूपन्देहीमा घर भएका सांसदले घरभाडा नलिने घोषणा गरेका छन् । प्रदेशको राजधानी भएको जिल्लामा घर हुने सांसदलाई नेकपा संसदीय दलको बैठकले घरभाडा नलिन आग्रह गरेकाले ...