कोरोना संकट : दिल्लीमा घरभाडा मिनाहा गर्न केजरीवालको आग्रह, छुट दिने घरबेटी बढ्दै

काठमाडौं: कोरोना भाइरसको संक्रमणको बढ्दो जोखिमले सबै कुरा ठप्प हुँदा भारतको नयाँदिल्लीमा घरभाडा मिनाहा गर्ने अभियान चलेको छ। कोरोनाले भाडामा बस्नेहरुको रोजिरोटी खोसिएपछि घरबेटीहरुले एकदेखि ३ महिनासम्मको भाडा मिनाहा गर्न थालेका छन्। मंगलबारको पत्रकार सम्मेलनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले घरभाडा मिनाहा गर्ने घरबेटीको नाम लिँदै मिनाहा गर्न सबै घरबेटीलाई आह्वान