काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसका सहमहामन्त्री एवं बाजुराका नवनिर्वाचित सांसद बद्री पाण्डेले धेरैजसो समानुपातिक सिट महिलालाई छुट्याउनु पर्दा सदनमा केही क्लस्टरका पुरुष छुटेको बताएका छन् । ‘समानुपातिक सिट छनोट निकै पेचिलो भयो । कुन क्लस्टर राख्ने, कुन नराख्ने ? आठ क्लस्टरमध्ये तीनजनाको भन्दा बढीको प्रतिनिधित्व गर्न सकिएन । आठवटै क्लस्टरमा सदनमा जानैपर्ने नेताहरु हुनुहुन्थ्यो […]