सरकार गठनका लागि राष्ट्रपतिले दिएको एकसाताको समयसीमा सकिन लाग्दासमेत गठबन्धन दलहरुबीच नयाँ सरकार गठनबारे सहमति जुट्न सकेको छैन । यसबीच सत्ता गठबन्धनका दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) ले सरकारमा दाबी पेस गर्नका लागि आ–आफ्ना सांसदहरूको हस्ताक्षर सङ्कलन गर्न सुरु गरेका छन् ।कांग्रेस सांसद सञ्जय गौतमले हरेक राजनीतिक दलमा संसदीय दलले आफ्ना सदस्यको हस्ताक्षर सङ्कलन गरेर राख्ने र आवश्यक परेको बेला प्रयोग गर्ने प्रचलन अनुसार हस्ताक्षर लिएको उल्लेख गरे । त्यस्तै, कांग्रेसका