काठमाडौं, माघ ३। नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले राष्ट्रपति/उपराष्ट्रपति र सभामुख/उपसभामुखको चयन दलीय सहमतिको आधारमा गर्ने प्रतिवद्धता प्रधानमन्त्रीले दिएको बताएका छन्। समग्र देश र संसदको प्रतिनिधित्व गर्नुपर्ने भएकाले सो पदहरुको निर्वाचन दलहरुबीचको साझा सहमतिमा हुने कुरामा प्रधानमन्त्रीले कांग्रेससँग प्रतिवद्धता जनाएको उनले स्पष्ट पारे। विगतमा राष्ट्रपति पदको दुरुपयोग हुने संकेतहरु देखिएको भन्दै त्यस्तो हुन नदिन राष्ट्रिय सहमति आवश्यक रहेको उनले जनाए।