गृहमन्त्री बालकृष्ण खाँणले नागरिकको जीवन रक्षा गर्ने कामलाई सरकारले पहिलो प्राथमिकतामा राखेको बताएका छन् । गृहमन्त्री खाँणले बुधबार ठमेल पर्यटन व्यवसायीहरूसँगको छलफलमा कोभिड–१९ को सङ्क्रमणले मृत्यु हुनु भएन भनेर सरकारले खोपलगायतका व्यवस्थालाई चुस्त बनाएको पनि स्पष्ट पारे । उनले पर्यटन व्यवसायलाई सहज ढङ्गले सञ्चालन गर्ने वातावरण बनाउन सरकारले पर्यटन व्यवसायीहरूलाई कोभिडविरुद्धको खोपको आवश्यक व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको पनि स्मरण गराए । उनले भने, ‘कुनै प