८ चैत, गुल्मी । गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रूरूमा ५०० किलो तौल भएको शालिग्राम फेला परेको छ । रूरू क्षेत्रमा पर्ने रिडीस्थित कालिगण्डकी नदी किनारमा फेला परेको शालिग्रामलाई पूजा तथा अवलोकलका लागि स्थानीयबासीले हनुमान वाटिकामा राखेका छन् । स्थानीयबासी सुन्दर कशजुका अनुसार कालिगण्डकी नदी किनारमा साना शालिग्राम पाइए पनि ठूला खालका कमै भेटिन्छन् । […]