म्याग्दी : अवैधरूपमा नदीदोहनका कारण बहुमूल्य शिला शालिग्राम गिट्टीमा परिणत हुन थालेको छ। नदीको वातावरणीय र पारिस्थितिक स्थितिमा नै खतरा उत्पन्न हुनेगरी भइरहेको नदी दोहनका कारण कालीगण्डकी नदीको जलचक्र प्रणाली पनि खल्बलिन पुगेको वातावरण संरक्षणकर्मी बताउँछन्। अवैधरूपमा भइरहेको नदी दोहनले मानव जाति र प्रकृतिमाथि संकट निम्ताइरहेको उनीहरू बताउँछन्।नदीबाट जथाभावी डोजर र स्काभेटरको प्रयोग गरी गिटी, बालुवा र ढुङ्गा शालिग्राम शिला गिट्टीमा परिणत हुँदै गएका शालिग्रामका अध्यता रंगराज आ