गलकोट, १७ वैशाख । एकै पटक सवा एक लाख शालिग्राम दर्शन गर्न पाइने भएपछि यहाँको शालिग्राम सङ्ग्रहालयमा पर्यटकको सङ्ख्या बढेको छ । विश्वमै दुर्लभ मानिएको शालिग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ नगरपालिका–४ कुडुँलेस्थित शालिग्राम सङ्ग्रहालयमा पर्यटक आउने क्रम बढ्दै गएको छ । तीन वर्षदेखि सर्वसाधारणलाई खुल्ला गरिएको भूमिगत शालिग्राम सङ्ग्रहालयमा पर्यटक बढेका हुन् । […]