अपहेलना मुद्दामा भदौ ६ गते फैसला

सर्वोच्च अदालतले सिधाकुरा डटकमविरुद्धको अपहेलना मुद्दामा भदौ ६ गते फैसला सुनाउने भएको छ । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ नेतृत्वको नौ सदस्यीय बृहत् पूर्ण इजलासले बहस नोट पेस गर्ने समय दिएर निर्णय सुनाउने मिति तोकेको हो । अदालतले १५ दिनभित्र बहस नोट पेस गर्ने समय दिएको सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिनुभयो ।

सम्बन्धित सामग्री

बैङ्किङ मुद्दामा फरार शाह पक्राउ

२०७८ भदौ २३ गते जिल्ला अदालतले उनलाई सात दिन कैदसँगै आठ लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।...

लागुऔषध मुद्दामा ५ वर्ष कैद फैसला भएका फरार प्रतिवादी पक्राउ

लागुऔषध मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले रुपन्देहीबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देही घर भएका नारायण बस्याल छन् । २०७४ भदौ २१ मा उच्च अदालत तुलसीपुर दाङले बस्याललाई ५ वर्ष कैद र ५ हजार जरिवाना हुने फैसला गरेको थियो ।२०७२ भदौ ७ मा बस्याल २ ग्राम ३ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए । जिल्ला अदालतबाट १० हजार जरिवाना तिरेर छुटेका बस्यालविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन गरेको थियो । उच्च अदालतको फैसलापछि बस्याल विदेशमा लुकेर बसेका थिए ।नेपाल फर्केको सुराक पाएपछि

चोलेन्द्रमाथि शम्भु थापाको आरोप : रञ्जनको मुद्दामा घुस खाएर फैसला गरे

३० भदौ, काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सशस्त्र प्रहरी बलका पूर्व डीआईजी रञ्जन कोइरालाको मुद्दामा घुस खाएर कैद मिनाहाको फैसला गरेको आरोप लगाएका छन् । बिहीबार महाभियोग सिफारिस समितिमा भएको छलफलमा उनले घुस नखाई त्यस्तो फैसला हुनै नसक्ने जिकिर गरे । ‘सुरक्षा अधिकारीले श्रीमतीलाई काटेर बोरामा हालेर जलाएको मुद्दामा कैद […]

बैंकिङ कसुर मुद्दामा १ करोड १९ लाख जरिवाना तोकिएका प्रतिवादी पक्राउ

बैंकिङ कसुर मुद्दामा १ करोड १९ लाख जरिवाना हुने फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वी रुकुम घर भएका ३१ वर्षका अर्जुन बुढाथोकीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । उच्च अदालत पाटनले बुढाथोकीलाई २४ दिन कैदमा राख्ने फैसला गरेको छ । भदौ ७ मा सुकेधाराबाट पक्राउ गरेर उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको एसपी रेग्मीले जानकारी दिए ।

कर्मचारी समायोजन मुद्दामा सर्वोच्चले सुनायो फैसला

७ भदौ, काठमाडौं । सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी मुद्दामा मंगलबार फैसला सुनाएको छ । समायोजन अन्यायपूर्ण भएको भन्दै कर्मचारीहरुले दायर गरेको रिटमा कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, बमकुमार श्रेष्ठ र टंकबहादुर मोक्तानको संवैधानिक इजलासले फैसला सुनाएको छ । संवैधानिक इजलासले समायोजनसम्बन्धी ९८ मुद्दामा मंगलबार निर्णय सुनाउने भनी तोकेको थियो । जसमध्ये […]

कर्मचारी समायोजन सम्बन्धि मुद्दाको फैसला भदौ १ गते हुने

कर्मचारी समायोजन सम्बन्धी मुद्दाको फैसला भदौ १ गते आउने भएको छ । हेर्दाहेर्दैमा राखेर निरन्तर सुनुवाइ गरिएको उक्त रिटमाथिको सुनुवाइ साउन १७ गते मंगलबार सकिएपछि भदौ १ गतेका लागि फैसलाको मिति तोकिएको हो । सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार मंगलबार निवेदक र सरकारी पक्षको जवाफ सकिएपछि संवैधानिक इजलासमा रहेको उक्त मुद्दामा भदौ १ गते निसु (निर्णय सुनाउने) मिति तय गरिएको छ । उक्त दिन फैसला सुनाउन निसुको मिति तोकिएको हो । गत असार ७ गतेबाट कर्मचारी समायोजन सम्बन्धी सबै मुद्दालाई एकैठाउँमा

छात्रवृत्तिमा एमबिबिएस पढेका डाक्टरको मुद्दामा यस्तो छ फैसलाको पूर्णपाठ

काठमाडौँ । सर्वोच्च अदालतले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस विद्यार्थीले हालेको मुद्दाको अन्तिम फैसला सार्वजनिक गरेको छ।  मुद्दाको फैसला भदौ २१ गते भए पनि पूर्ण पाठ भने आइसकेको थिएन।  विद्यार्थीहरूले चिकित्सा शिक्षा ऐन अनुसार २ वर्ष मात्र सेवा गर्न पाउनु पर्ने माग राख्दै २०७६ कात्तिक १९ गते दायर गरेको मुद्दामा न्यायाधीश अनिल कुमार सिन्हा र […]

बलात्कार मुद्दामा फरार आठ वर्षपछि पक्राउ

जिल्ला प्रहरी कार्यालयले बलात्कारका कसुरदारलाई आठ वर्षपछि धुलिखेलबाट पक्राउ गरेको छ । जबर्जस्ती करणी मुद्दामा १० वर्ष सजाय फैसला गरिएका बेथानचोक गाउँपालिका–४ का ४५ वर्षीय रामहरि राउतलाई प्रहरीले पक्राउ गरेको हो । राउतलाई ललितपुर जिल्ला अदालतले २०७० भदौ २६ गते १० वर्ष कैद फैसला सुनाएको थियो । कैद फैसलापश्चात फरार रहेका राउतलाई धुलिखेल नगरपालिका–७ बाट पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए।उनका अनुसार पक्राउ परेका महतलाई कानुनबमोजिम कैद तथा जरिवाना फर्स्यौटका

सम्पत्ति शुद्धीकरण मुद्दामा परशुराम बस्नेतले पाए सफाइ

२४ भदौ, काठमाडौं । सम्पत्ति शुद्धीकरणसम्बधी मुद्दामा नेकपा एमालेको युवा संगठन युवा संघका नेता परशुराम बस्नेतले सफाइ पाएका छन् । बिहीबार सर्वोच्च अदालतका न्यायाधीश दीपककुमार कार्की र टंकबहादुर मोक्तानको इजलासले बस्नेतलाई सफाइ दिने फैसला सुनाएको हो । यसअघि बस्नेतले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतबाट सफाइ पाएका थिए । २०७० जेठ ५ गते सम्पत्ति शुद्धीकरण अनुसन्धान […]