बैंकिङ कसुर मुद्दामा १ करोड १९ लाख जरिवाना हुने फैसला भएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पूर्वी रुकुम घर भएका ३१ वर्षका अर्जुन बुढाथोकीलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी दुर्गाराज रेग्मीले रातोपाटीलाई बताए । उच्च अदालत पाटनले बुढाथोकीलाई २४ दिन कैदमा राख्ने फैसला गरेको छ । भदौ ७ मा सुकेधाराबाट पक्राउ गरेर उनलाई जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको एसपी रेग्मीले जानकारी दिए ।